१२ जेष्ठ २०७९ बिहीबार
समाज

ट्रकको ठक्करबाट एकको मृत्यु

बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो। ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन्। फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए। रासस

प्रकाशित: ६ माघ २०७८ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App