४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मधेस प्रदेशको पक्षमा मतदान जारी

मधेस प्रदेशको पक्षमा मतदान गर्दै मनिष कुमार सुमन। तस्बिर: नागरिक

प्रदेश २ को स्थायी राजधानी बहुमतले पारित भएपछि प्रदेशको नाम 'मधेस प्रदेश'का लागि मतदान सुरु भएको छ। जसपा, लोसपा र माओवादी केन्द्रको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'को पक्षमा मतदानका लागि प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरू लाइन बसेका छन्।

प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको 'मधेस प्रदेश' कायम गर्न शैलेन्द्र कुमार यादवले पेश गरेको प्रस्तावमा मतदान सुरु मतदानमा पहिलो मत प्रमुख प्रतिपक्षी दल लोसपाकी सांसद तथा पूर्व राज्यमन्त्री डिम्पल झाले गरेकी हुन्।

प्रदेशको नाममा मधेस प्रदेशसँगै जानकी प्रदेश, मिथिला-भोजपुरा र मध्य मधेस प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ। मधेश प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुने सचिवालयले जनाएको छ।

यस अघि आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ भन्दा बढीले पारित भएको छ। कुल मत ९९ खस्दा ७८ मत जनकपुरधामको पक्षमा परेको थियो। प्रदेश २ मा हाल १ सय ४ जना सांसद रहेकोमा दुई तिहाईका लागि ७० मतको आवश्यक छ।

प्रकाशित: ३ माघ २०७८ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App