१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठक्कर दिएको चालक परिवर्तन गरेको भन्दै रोड बन्द गरेर आन्दोलन

वीरेन्द्रनगरको बांगेसिमलस्थित जुम्ला रोडमा टायर बालेर सडक बन्द गर्दै आफन्तहरु। तस्बिर: गोविन्द केसी/नागरिक

वीरेन्द्रनगर नगरपालिका-२ बांगेसिमल बस्ने एक वृद्धलाई मोटरसाईकलले ठक्कर दिएको चालक परिवर्तन गरि नक्कली चालक खडा भएको भन्दै विरेन्द्रनगरस्थित जुम्ला रोड बन्द गरेर मृतकका आफन्तले सोमवार दिउँसोबाट आन्दोलन गरेका छन्। 

ढोडेखाली पुलदेखी २ मिटर पश्चिममा कर्णाली प्रदेश ०२००१ प८९५० नम्वरको मोटरसाईकलले ६१ वर्षीया नन्दकली कँडेललाई आईतवार दिउँसो ठक्कर दिएर घाईते बनाएको थियो। 

उपचारका क्रममा साँझ कँडेलको मृत्यु भएको थियो। आफन्तका अनुसार मोटरसाईकल चलाएर ठक्कर दिने फरार बनाएर प्रहरीमा नक्कली मोटरसाईकल धनी चालक खडा गरेको भन्दै सोमवार दिउँसोबाट जुम्ला रोेडमा टायर बालेर आफन्तले बन्द गरेका हुन्। घटना लगत्तै वीरेन्द्रनगर नगरपालिका –२ दौतलपुरका २१ वर्षीय मोटरसाईकल धनी नवराज सुनारलाई प्रहरीले पक्राउ गरेको थियो।

तर, पक्राउ परेका सुनार घटना हुँदा त्यहाँ नभएरको र मोटरसाईकल उनको भाई विकास सुनारले चलाएका थिए। विकासको मोटरसाईकल चालक अनुमति पत्र (लाईसेन्स) नभएकाले परिवार मिलेर दाई नवराजलाई चालक बनाएर खडा गरेका थिए। उचित क्षतिपूर्ती र सक्कली चालक पक्राउ नपर्ने बेलासम्म आन्दोलन जारी रहने मृतकका आफन्त काशीराम सापकोटाले बताए।

सहमतीका लागि जिल्ला प्रहरी कार्यालयमा सोमवार विहानबाट छलफल गरेपनि टुंगोमा पुग्न नसकेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको आफन्तहरुको भनाई छ। नक्कली चालक खडा गरिए पनि बास्तविक चालक पत्ता लागिसकेकाले छिटो पक्राउ गरि आवश्यक कार्वाहीको तयारीमा रहेको सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले बताए।

प्रकाशित: ३ माघ २०७८ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App