१६ चैत्र २०८० शुक्रबार
समाज

घरको छतबाट खसेर एक किशोरको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली आँखा अस्पताल नजिक सोमबार लडेर एक जना किशोरको मृत्यु भएको छ।

धनुषा जनकपुर उप–महानगरपालिका ६ घर भई हाल सोही स्थान वस्ने.अनुपम महतो पञ्जियाको छोरा १६ वर्षीय सौरभ महतो पञ्जियाकाे आफ्नै ३ तले घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

छतबाट खसेपछि उनलाइ उपचारको लागी समिट अस्पताल लोकन्थली भक्तपुर लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाएको छ।

प्रकाशित: २ माघ २०७८ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App