१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दाङमा होटेल रेस्टुरेन्ट बेलुका ७ बजेसम्म मात्रै खोल्न पाइने

कोरोना संक्रमणलाई मध्यनजर गर्दै दाङमा स्थानीय प्रशासनले कडाई गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका होटेल रेस्टुरेन्टहरु बेलुका ७ बजेसम्म खोल्न दिने निर्णय गरेको छ।

जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले होटेल रेस्टुरेन्टहरु बेलुका ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो। यसैगरि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनसमेत रोक लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालयले बसको सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने तथा स्वास्थ्यका सबै मापदण्ड पालनामा कडाई गरिने पनि जनाएको छ। 

प्रकाशित: २९ पुस २०७८ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App