१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रेस चौतारी डोल्पाको अध्यक्षमा बुढा

प्रेस चौतारी नेपाल डोल्पाको चौथो जिल्ला अधिवेशनबाट लेखबहादुर बुढा निर्विरोध अध्यक्षमा चयन भएका छन्। डोल्पामा ससम्पन्न भएको प्रेस चौतारीको चौथो जिल्ला अधिवेशनबाट बुढाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो। चौथो अधिवेशनबाट मेनुका बुढा उपाध्यक्ष प्रेम थापा सचिव सर्जन बुढाथोकी उपसचिव पूर्ण बोहरा कोषध्यक्षमा चयन भएका हुन्।

यसैगरी सदस्यहरुमा गायत्री शाही, छेवाङ गुरुग, पुजा बुढा, आनन्दसिं रावल, भरुण सार्की, अनिल डाँगी, दिलु केसी र गणेशमान पुन चयन भएका छन्। यसैगरी प्रदेश प्रतिनिधिमा सरोज थापा जुनकुमारी हिराचन र देवी बुढा चयन भएका छन्। केन्द्रीय प्रतिनिधिमा कमलबहादुर बुढा मनकुमारी हिराचन र बालकृष्ण डाँगी छन्।

प्रेस चातारी नेपालका केन्द्रीय सदस्य विष्णुलाल बुढाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको अधिवेशनमा निर्विरोध चयन भएका कार्यसमितिका पदाधिकारीलाई केन्द्रीय सदस्य बुढाले अविर टिका र राइका लागाएर प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: २८ पुस २०७८ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App