१६ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

दुई थान कटुवासहित एकजना पक्राउ

सिरहा– दक्षिणवर्ती मौवाही–१ बाट रामदेव यादवलाई दुई थान कटुवासहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। घर खानतलासी गर्दा धान राख्ने कोठीबाट कटुवा बरामद भएपछि रामदेवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुयालले जनाए।
उनका अनुसार प्रारम्भिक बयानमा रामदेवले छोरा आशानन्दले उक्त कटुवा ल्याएर राखेको बताएका छन्। आशानन्द जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त हुन्। 'उनलाई खोज्न घर खानतलासी गर्दा हतियार फेला पर्‍यो,' डिएसपी फुयालले भने, 'हतियार पुरानो देखिन्छ।'

प्रकाशित: १६ पुस २०७१ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App