४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईजनाकाे रहस्यमय मृत्यु

काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ।

खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ। उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा झण्डै एक महिनादेखि सँगै बस्दै आएका थिए।

आफन्तको घरमा बसेका उनीहरु चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भिर अवस्थामा फेला परेको परिवारले जनाएको छ। प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको र तत्कालै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले पब्जी खेलकै कारण घटना घटेको आशङ्का गरेको छ। घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए। शरीरमा रगत लत्पतिएको र चक्कुले हानेको घाउ छ।

यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मोरङका २५ वर्षीय दिपक रिसिदेव थानकोट–चितलाङको भीरमा मृत भेटिएका छन्। मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पुस १६ मा बेपत्ता भएका उनको महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शव फेला पारेको हो।

प्रकाशित: २३ पुस २०७८ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App