१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

‘सेक्स वर्कर’ महिलामा मानसिक रोग

इटहरीकी एक किशोरीले बिस वर्षको उमेरमा रामधुनीका युवासँग अन्तरजातिय विवाह गरिन्। विवाह गरेको छ महिनासम्म श्रीमान(श्रीमतीबीच घनिष्ठ सम्बन्ध भयो। त्यसपछिका दिनमा भने श्रीमानको सदावहार यातना खप्नु पर्यो। यतिसम्मकी गर्भ रहँदा आफ्नो नभएको समेत ती किशोरीका श्रीमानले भनेपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो।

उनको २०७२ सालमा छोरा जन्मिए। त्यसपछिका दिनमा कहिल्यै सम्बन्ध राम्रो नभएपछि यतिबेला उनी माइती घरमा शरण लिएर बस्न बाध्य छिन्। तर, उनका छोरा भने श्रीमानसँगै छन्। कहिलेकाही भेट गर्न समेत दिँदैनन्। यतिबेला ती युवती मानसिक रुपमा विक्षिप्त भएकी छन्। विगतमा श्रीमानले टाउकोमा कुटेर टाँका लगाएको देखाउँदै सोमबार भनिन, ‘मलाई मेरो श्रीमानले पशुलाई जसरी कुटथे, अनि बस्नै नसकेपछि अहिले माइतीमा आमासँँग बस्दैछु।’

उनले विवाह गरेको आठ वर्ष बिति सकेको छ। तर, अहिलेसम्म विवाह दर्तासमेत गरेको छैन्। २८ वर्षे उनी यतिबेला केही उपाय नलागेपछि ‘सेक्स वर्कर’ को रुपमा बेला मौका काम गर्छिन्। उनको विगतको पीडाले गर्दा मानसिक रुपमा विक्षिप्त भएकाले गर्दा बेला बेलामा समस्या निम्तिने गर्छ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै आक्रान्त बनाएको बेला ‘सेक्स वर्कर’ महिलासमक्ष नगन्य ग्राहक मात्र आउने गर्छन्। जसले गर्दा पनि ‘सेक्स वर्कर’ महिलामा थप मानसिक समस्या थपिएको छ।

कोरोनाकै महामारीका बेला काठमाडौंबाट इटहरी आएर ‘सेक्स वर्कर’ को रुपमा काम गर्ने मानसिक रोगी महिलाको असार दोस्रो साता निधन भएको छ।

महिला सहयोगी समूह इटहरीकी कार्यकारी प्रमुख बिमला ठकुरीका अनुसार मृत्यु भएकी ती ‘सेक्स वर्कर’ महिलाले आर्थिक अभाव भएर उग्र तनाब भएको बहाना बनाएर मदिरा पिएपछि फोक्सोलाई असर गरि निधन भएको हो। ‘हाम्रो महिला सहयोगी समूहले ती महिलालाई उपचार गर्न छ हजार रुपैयाँ साहयता गरियौं तर तनाव मत्थर गर्न मदिरा बढी पिएपछि फोक्सो ड्यामेज भएर उहाँको मृत्यु हुन पुग्यो,’ उनले भनिन्, ‘सरकारले सेक्स वर्कर महिलाका निम्ति विशेष कार्यक्रम ल्याउनुपर्छ।’ उनका अनुसार यो कुनै निश्चित ठाउँँ विशेषको समस्याभन्दा पनि देशभरको भएकाले गर्दा सरकारले प्रस्ट नीति तथा कार्यक्रम ल्याउनुपर्छ।

देशका विभिन्न भागमा ‘सेक्स वर्कर’ महिलाको संख्या बढिरहेका बेला पूर्वको इटहरीमा पनि बढेको पाइएको छ। अहिले पछिल्लो समय महिला सहयोगी समूहले ‘सेक्स वर्कर’ महिलाको तथ्याङ्क अद्यावधिक गर्ने क्रममा एक हजार एक सय महिला सम्पर्कमा आएका छन्। यो तथ्याङ्क सुनसरी जिल्लाभरको हो। जसमा अधिकतर इटहरी क्षेत्रका रहेका छन्। जसमा अहिलेसम्म धेरैजसो ‘सेक्स वर्कर’ महिलामा मानसिक समस्या भएतापनि २४ जनामा निकै समस्या देखिएको छ। उनीहरुलाई उपचारसँगै आवश्यक परामर्श दिँदैै आएको सहयोगी समूहकी कार्यकारी प्रमुख ठकुरीले बताइन्।

‘सेक्स वर्कर’ महिलामा मानसिक बाहेक प्रजनन स्वास्थ्यसम्बन्धी समस्या र पाठ्ेयघरका बिरामी पनि बढ्दा छन्। एचआईभी एड्स संक्रमित रहेपनि धेरै जनाको परीक्षण नहुँदा यकिन गर्न सकिएको छैन्।

यहाँ पहाडी जिल्लाका महिला मोबाइल सम्पर्कका आधारमा ‘सेक्स वर्कर’ को काम गर्न शहरमा आउने गरेको पाइएको छ।  तथ्याङ्क अनुसार ‘सेक्स वर्कर’ को रुपमा अविवाहित किशोरी आधाजसो भएपनि अरु भने विवाहित महिला नै भएको रहेको पत्ता लागेको छ। विवाहित महिलाका कतिपय श्रीमान विदेश गएका र कतिपय श्रीमान्सँग सम्बन्ध नराम्रो भएका महिलाले ‘सेक्स वर्कर’ को रुपमा काम गर्ने गरेका छन्।

प्रकाशित: १९ पुस २०७८ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App