१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लोपोन्मुख लेप्चा समुदायको नयाँवर्षमा सार्वजनिक बिदा

इलामको सूर्योदय नगरमा रहेको लोपोन्मुख लेप्चा समुदायका महिला। तस्बिर: भीम/नागरिक

सूर्याेदय नगरपालिकाले देशकै लोपोन्मुख लेप्चा समुदायको नयाँवर्ष (नामवन पर्व) मा भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ।  

कार्यपालिकाको एक सय ३३औं बैठकको निर्णयअनुसार नगरले सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत योगनिधि भट्टराईले जानकारी दिए। सोमबार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा नगरपालिकाअन्तर्गतका शिक्षण संस्थालगायत सबै कार्यालय बन्द रहने उनले जनाए।  बिदाका लागि नगरले सार्वजनिक सूचना जारी गरेको छ।  

सूर्याेदय नगरमा लोपोन्मुख लेप्चा समुदायको बाक्लो बसोबास छ। २०६८ सालको जनगणनाअनुसार नेपालमा लेप्चाको जनसंख्या ३ हजार ४ सय ४५ छ। यसमध्ये सूर्याेदय नगरमा मात्रै २ हजार २ सयहारी लेप्चाको बसोबास छ। पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्। तथ्यांकअनुसार ३ हजार २ सय ६४ ग्रामीण र १ सय ८१ लेप्चा सहरी क्षेत्रमा बस्छन्।  

साविक पूर्वाञ्चलमा सबैभन्दा धेरै ३ हजार २ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा २ जनाको बसोबास छ। उनीहरू पहाडी क्षेत्रमा सबैभन्दा बढी (२ हजार ९ सय ९६) जना बसोबास गर्छन्। तराईमा ४ सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको तथ्यांक छ।

प्रकाशित: १८ पुस २०७८ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App