१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौंका मेयर र उपमेयर सम्मानित

काठमाडौं महानगरपालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नेपाल भाषाको माध्यमबाट स्थानीय पाठ्यक्रम पठनपाठन सुरु गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सम्मानित भएका छन्।

नेवाः स्यनामिदबू नेपालमण्डलद्वारा शनिबार आयोजित कार्यक्रममा मेयर शाक्य र उपप्रमुख खड्गीलाई नेपाल भाषाको पठनपाठन मार्फत् काठमाडौंको कला, संस्कृति, भाषा, लिपि र सम्पदाको संरक्षणमाविशेष योगदान पुर्‍याए बापत उक्त सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल भाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए।

दबूका उपाध्यक्ष कृष्णभक्त मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रमा बोल्दै मेयर शाक्यले स्थानीय भाषा, कला, संस्कार, संस्कृति, सम्पदा, साहित्य र सिर्जनाजोगाउन सरकारको तर्फबाट जिम्मेवारी पूरा गरेको रयसबाट काठमाडौंका मौलिक ठाउँ, खाना र चलनको यथार्थ ज्ञान थाहाहुने बताए। उनले भने, ‘नेपालभाषाको अध्ययनका लागि आधारभूत तहमा पाठ्यक्रम कार्यान्वयनमा आइसकेको छ। यसलाई माध्यमिक तहसम्म पुर्‍याउँछौं। यस्तै विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्यापन गराउन त्रिभुवन विश्वविद्यालयलाई सहयोग गरेका छौं।’

उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आफूहरू निर्वाचितआइसके पछि काठमाडौं महानगरको भाषा, लिपी, सम्पदा र संस्कृति जोगाउन धेरै कार्यहरू सम्पन्न गरिएको बताइन्। ‘हामीले धेरै काम गरेका छौ।’ जनकवि दुर्गालाल श्रेष्ठले उपत्यकाको भाषा, साहित्य, लिपिलगायत संस्कृति र सम्पदा संरक्षणको क्षेत्रमा मेयर शाक्य र उपमेयर खड्गीको कार्यकाल स्वर्णकाल नै साबित भएको बताए।

कार्यक्रममा नेवाः स्यना मिदबूका उपाध्यक्ष कृष्णभक्त मानन्धर, सचिव बरुणप्रसाद वैद्यले पनि मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा मनपाको यो निर्णय कार्यान्वयन गर्न योगदान पुर्‍याए वापत कामपा सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, शिक्षा अधिकृत मोतिराज खनाल र सहरी योजना आयोगका सहायक विज्ञ सुरेशकिरण मानन्धरलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: १८ पुस २०७८ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App