३० कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

जंगली हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृ’त्यु

फाइल तस्बिर

जंगली  हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ।

सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी   बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए।

उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए। 

चौधरी जंगल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएको चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ।

हात्तीको आक्रमणबाट चौधरीको मृत्यु भएपछि स्थानीयवासी त्रसित छन्।

प्रकाशित: ३० कार्तिक २०८३ १६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App