मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालमा सडकको करिब ७० मिटर लामो भाग भासिएको हो। सडक भासिएपछि उक्त स्थानमा सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
डिभिजन कार्यालयले सो सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ। कार्यालयले लेन अनुशासन पालना गर्नसमेत आग्रह गरेको छ।
प्रकाशित: १२ आश्विन २०८३ १९:४५ सोमबार





