१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

बाँकेमा ईभी हायस र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते

बाँकेको जानकी गाउँपालिका–४ नहरखजुरास्थित हुलाकी सडकखण्डमा ईभी हायस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

नेपालगन्जबाट बर्दियातर्फ जाँदै गरेको भे १ ज १७९९ नम्बरको हायस र सोही दिशामा गुडिरहेको भे ११ प ५०४३ नम्बरको मोटरसाइकल बाटो काट्ने क्रममा एकआपसमा ठोक्किएका हुन्।

मोटरसाइककसँग ठोक्किएपछि अनियन्त्रित भएको हायसमा चालकसहित १५ जना सवार थिए। दुर्घटनामा परी घाइते भएका सातै जनाको अवस्था सामान्य रहेको छ। उनीहरूलाई उपचारका लागि नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लिमा पठाइएको छ।

प्रहरीले खजुरा गाउँपालिका–७ बस्ने १८ वर्षीय मोटरसाइकल चालक चाँद बाबु साई र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त हायस घटनास्थलमै रहे पनि हुलाकी सडकखण्डमा सवारी आवगमन दुवैतर्फ सुचारु रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ असार २०८३ १८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App