१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चौरी मृत्युदर घटाउन डोल्पाका कृषकलाई तालिम

पशु चौपायामा लाग्ने सामान्य रोगको कारण हुने मृत्युदर घटाउन चौरी पालक कृषकहरुलाई सचेतनामुलक तालिम दिइएको छ। पशु अस्पताल तथा पशुसेवा कार्यालयले पछिल्लो समय चौरीको मृत्युदर घटाउन जिल्लास्तरका कृषकहरुलाई ३ दिने तालिमको आयोजना गरेको हो। 

चौरीको व्यवसायिक पालन गरिने त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका शेफोक्सुण्डो छार्काताङसोङ जगदुल्ला गाउँपालिका गरी पाँचवटा स्थानीय तहका कृषकहरुलाई चौरीमा लाग्ने निमोनिया, खोरेत, चापारोग यसको उपचार पद्दति चरनखर्क र खोर व्यवस्थापन लगायतका बारेमा तालिममा सहभागिहरुलाई प्रशिक्ष्ण दिइएको पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले जनाएको छ।

कार्यालयका प्रमुख चन्द्रलाल धरालाले पशु वीमा अन्तरगत चौरीको मृत्यु रकम दावी गर्ने कृषहरुको संख्या बढेपछि चौरी मृत्युदर बढ्नुको कारण पहिचान र मृत्युदर घटाउन तालिमको आयोजना गरिएको बताए। तालिममा सहभागी चौरीपालक कृषक चन्द्रबहादुर लामाले तालिमले औषधी उपचारसम्बन्धी सामान्य जानकारी समेत नभएकाले पनि चौरीको मृत्युदर घटाउन नसकिएको बताए।

तालिममा विभिन्न स्थानीय तहका २९ जना कृषकहरुको सहभागिता रहेको थियो।

प्रकाशित: ११ पुस २०७८ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App