१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँपालिकाको गहुँ लुटपाटमा संलग्न छुटाउन आम हड्ताल

सिके राउतको जनमत पार्टीका कार्यकर्ताले गरे सवारी तोडफोड

सिरहाको विभिन्न स्थानमा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको बेलगाम उग्रताः तस्बिरः मिथिलेश यादव

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सिरहामा दर्जनौ सवारी साधनमा तोडफोड गरेका छन्। सिरहाको औरही गाउँपालिकाले भण्डान गरी राखेको गहुँको बिउ लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको विरोधमा जनमत पार्टीले आइतबार सिरहा बन्द आह्वान गरेका छन्।

बन्दकर्ताहरु विहानैदेखि पूर्वपश्चिम राजमार्गमा लठ्ठी भाटा लिएर सवारी साधन तोडफोड गरेका छन्। राजमार्गको मिर्चैया खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको निजी सवारी साधनमा जनमतका कार्यकर्ताहरु आक्रमण गरी तोडफोड गरेका छन्।

पूर्व पश्मित राजमार्गको लहान, मिर्चैयालगायत खण्डमा जनमतका कार्यकर्ताहरु टायर बालेर उग्र प्रदर्शन गरीरहेका छन्। मिर्चैयामा सुरक्षाकर्मी र बन्दकर्ता जनमत कार्यकर्ताबीच झडप भएको छ। सुरक्षाकर्मीले उग्रता नियन्त्रण गर्न अश्रु ग्यासका शेल प्रहार गरिएको छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार आन्दोलनका नाममा भैरहेको उग्रता नियन्त्रणका लागि सुरक्षाको भरपर्दो बन्दोबस्त मिलाइएको छ। राजमार्गमा सवारी साधनको सहज आवागमनका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी तायनाथ छन प्रजिअ कवारीले भने,‘सवारी साधनमा आक्रमण गर्ने, राजमार्ग अवरुद्ध गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्न निर्देश जारी गरिएको छ।’

जनमतका कार्यकर्ताहरु सिरहाका निजी तथा सामुदायीक विद्यालयहरु समेत बन्द गराएका छन्।

प्रकाशित: ११ पुस २०७८ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App