१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका–१४ मरानमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ। ४० वर्षीय टेकबहादुर विकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार बिहान मृत्यु हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास बुढाथोकीका अनुसार श्रीमानको हत्या आरोपमा ३५ वर्षीया हर्कमाया विकलाई लहानबाट गएको प्रहरी टोलीले पक्राउ गरि कारबाही अघि बढाइएको छ।

विक दम्पतीबीच बुधबार राति विवाद भएको थियो। विवाद बढ्दै गएपछि हर्कमायाले टेकबहादुरमाथि दाउराको चिरपटले टाउकोमा हिर्काएकी थिइन्। गम्भीर घाइते टेकबहादुरलाई उपचारका लागि धनगढीमाई स्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाटोमै मृत्यु भएपछि शव धनगढीमाई नगरपालिका–१३ भुल्लेस्थित टेकबहादुरकै भाइ बुद्धबदुर विकको घरमा राखिएको थियो। पछि प्रहरी पुगेर परीक्षणका लागि शव अस्पताल पुर्‍याएको थियो।

प्रकाशित: ८ पुस २०७८ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App