१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन पक्राउ

पाँचवर्षीय बालकमाथि अमानवीय कार्य गर्ने पोखराकी एकजना होस्टल वार्डेन पक्राउ परेकी छिन्। पोखरा महानगरपालिका–१५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुल (होस्टल)मा आश्रीत पाँच वर्षीय बालक रेमन बुढाको पिसाब फेर्ने ठाउँ (लिगं)मा रबरले बाँधिदिने सो होस्टलकी वार्डेन जानुका नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

उनलाई मंगलबार नै जिल्ला अदालत कास्कीमा उपस्थित गराई अनुसन्धानका लागि पाँचदिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए।

ओछ्यानमा पिसाब फेर्छ भनेर होस्टल वार्डेन नेपालीले ती बालकको पिसाब फेर्ने ठाउँ (लिंग)मा रबरले बाँधिदिएकी थिइन। लिंगमा रबरले बाँधेकोबारे बुढाले अध्ययन गर्ने पोखरा–१५ फलेपाटनस्थित सिद्ध माविका शिक्षकले थाहा पाएपछि रबर खोलिदिएका थिए। बालकको कपडा  खोल्दा उनको लिंग रबरले बाँधिएको अवस्थामा नै थियो भने लिंगमा रबरको डाम थियो  बालकको पेट फुल्लिएको थियो।

उक्त समाचारको नागरिक दैनिकले सार्बजनिक गरेपछि कास्की प्रहरीले मंगलबार चासो दिएर होस्टल वार्डेन नेपालीलाई पक्राउ गरेको हो। जानुकाले होस्टलमा रहेका छात्रको पिसाब फेर्ने ठाउँ (लिंग) मात्र होईन छात्रा (केटी) लाई पनि यातना दिने गरेको श्रोतले बताएको छ। जसले पिसाब फेरेको होे उक्त छात्राको पिसाब फेर्ने (गुप्ताङ्ग)मा मैनवत्ती बालेर झोसिदिने, मैनवत्तीको पग्लेको भाग झारिदिने गरेको पीडितको आरोप छ।

जानुकासँगै होस्टल सञ्चालक राहुल नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर घटनामा संलग्नता नदेखिएपछि उनलाई छाडिदिएको एसपी थापाले बताए। घटनामा जानुकाको भने संलग्नता देखिएको उनले बताए। ‘घटना भएको प्रमाण हामीले फेला पारेका छौं। यसलाई मसिनो गरि अनुसन्धानमा छौं,’ एसपी थापाले भने । प्रारम्भिक अनुसन्धानमा घटना जानुकाले नै घटाएको हो भन्ने प्रहरीको निश्कर्ष छ। तर अनुसन्धान भइरहेको उनले बताए। पक्राउ परेकी नेपालीलाई बालबालिका ऐन अन्तर्गतको कसुरमा कारवाही गरिने एसपी थापाले बताए।

यो पनि पढ्नुहोस्

ओछ्यानमा पिसाब फेर्छ भनेर वार्डेनले विद्यार्थीको पिसाब फेर्ने अंगमै रबर बान्दिए

प्रकाशित: ६ पुस २०७८ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App