१६ चैत्र २०८० शुक्रबार
समाज

ओछ्यानमा पिसाब फेर्छ भनेर वार्डेनले विद्यार्थीको पिसाब फेर्ने अंगमै रबर बान्दिए

विद्यार्थीको हेर बिचार गर्न होस्टलमा वार्डेन राखिन्छ। उसको काम नै विद्यार्थीको खानपान, रहनसहन र पढाईबारे ख्याल राख्नु हो। उसो त वार्डेनलाई शिक्षककै रुपमा पनि हेरिन्छ। शिक्षक भनेको गुरु। अर्थात शिक्षाको उज्यालो छर्ने। गुरुलाई भगवानकै रुपमा हेरिन्छ।

तर पोखराका एक वार्डेनले विद्यार्थीको हेरचाह गर्नुको सट्टा उल्टै यातना दिएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुलमा आश्रित डोल्पाका ५ वर्षिय नाबालक रेमन बुढालाई होस्टल वार्डेन जानुका नेपालीले यातना दिएकी हुन्। उनले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर रेमनको पिसाब गर्ने ठाउँ (लिङ्ग)लाई रबरले बाँधि दिएर यातना दिएकी छन्। रेमन मात्र होईन होस्टलमा बस्ने अधिकांशलाई उनले यसरी नै यातना दिने गरेको पीडित विद्यार्थीहरु बताउँछन्।

बुबा नभएका र आर्थिक अवस्था कमजोर भएर आमाले पालनपोषण गर्न नसकेपछि रेमन केहि समय अगाडिदेखि उक्त होस्टलमा बस्दै आएका थिए। उनीसँगै त्यहाँ ९ जना बालबालिका बस्ने गर्छन्। सो होस्टलका ५ जना विद्यार्थी पोखरा–१५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययन गर्दै आएका छन्। रेमन भने कक्षा नर्सरीमा अध्ययनरत छन्।

सदाझैं सोमबारपनि रेमन र उनका साथीहरु कक्षामा बसिरहेका थिए। शिक्षिका सिर्जना कँडेल विद्यार्थीलाई पढाउन कक्षामा गईन्। कक्षामा पुग्ने वित्तिकै एक जना विद्यार्थीले आफूले रबर भेट्टाएको भन्दै उक्त रबरले कट्टुमा पिसाब फेर्नेको पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँध्न मिल्छ भन्दै शिक्षिका कँडेललाई दिएछ। शिक्षिका कँडेल विद्यार्थीको कुरा सुनेर आश्चर्यचकित भईछन र भनिछन्,।।।कसले भन्यो यस्तो नचाहिने कुरा ?।’ तत्कालै विद्यार्थीले जवाफ दिएछ,।।।रमनको पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधेको छ नपत्याए हेर्नु त’। नभन्दै रमनलाई शिक्षिकाले हेर्दा त उ रोईरहेको भेटियो। लगत्तै रेमनको कपडा खोलेर हेर्दा उनको पिसाब फेर्ने ठाउँ (लिङ्ग) रबरले बाँधिएको थियो। जसका कारण उनको (लिङ्ग)मा रबरको डाम थियो भने पेट फुलेको थियो।

शिक्षिकाले कसले हो यसरी बाँधिदिएको भनेर सोध्दा रेमनसँगै अध्ययनरत होस्टल वार्डेन जानुकाकी छोरीले।।।हाम्रो ममिले’ पिसाब नफेरोस् भनेर बाँधिदिएको भनेपछि घटनाको खुलाशा भएको विद्यालय श्रोतले जनाएको छ। पछि पीडित विद्यार्थी रेमनलेपनि होस्टल वार्डेन जानुकाले आफ्नो पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधिदिएको बताएका छन्।

जानुकाले रेमनलाई मात्र होईन, होस्टलमा बस्ने अन्यलाईपनि बारम्बार यस्तै यातना दिने गरेको पीडित विद्यार्थी बताउँछन्। उनले रेमनलाई यस्तो यातना दिएको दोश्रो पटक हो। यसअघीपनि यस्तै यातना दिएको रेमनले बताएका छन्। जानुकाले होस्टलमा रहेका छात्रहरुको पिसाब फेर्ने ठाउँ (लिङ्ग) मात्र होईन छात्रा (केटी)हरुलाई पनि यातना दिने गरेको बताईन्छ। उनले ओछ्यानमा पिसाब फेरेको दिन जसले पिसाब फेरेको हो उक्त छात्राको पिसाब फेर्ने (गुप्ताङ्ग)मा मैनवत्ती बालेर झोसिदिने गरेको पीडितको आरोप छ।

तर पीडक भनिएकी जानुकाले घटना घटाएको स्वीकारेकी छैनन्। घटना सार्बजनिक भएलगत्तै विद्यालयमा बोलाएर गरिएको सोधपुछमा उनले आफूले विद्यार्थीको पिसाब फेर्ने ठाउँ (लिङ्ग)मा नबाँधेको जिकीर गरिन्। तर होस्टल सञ्चालक राहुल नेपालीले भने घटनाको जिम्मेवारी लिदै अब आईन्दा घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन्।

घटना लुकाउने शर्तसहित गरिएको सम्झौता पत्रमा उनले आगामी दिनमा यस्ता घट्ना दोहोरिए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन्। सो सम्झौता पत्रमा होस्टल वार्डेन जानुका नेपालीका श्रीमान किसन नेपालीलेसमेत हस्ताक्षर गरेका छन्। सम्झौतासँगै घटना ढाकछोप गरिएको छ भने प्रहरीमा जाहेरी नदिएकाले पीडितले उन्मुक्ति पाउने देखिएको छ। यद्वपी होस्टल सञ्चालक राहुलले पीडक जानुकालाई होस्टलबाट निकाल्ने मौखिक प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ५ पुस २०७८ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App