१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मोरङको केराबारीमा हात्ती आतङ्क

मोरङको केराबारी गाउँपालिका–९ देवीझोडामा रातभर जङ्गली हात्तीले आतङ्क मच्चाएको छ। मङ्गलबार राति ९ बजेतिर गाउँ छिरेको २ वटा हात्तीले घर भत्काउने, बाली नष्ट गर्ने र स्थानीयलाई समेत आक्रमण गरेका हुन्।  

हात्ती गाउँ छिरेर रातभरी आतंङ्क मच्चाएको केराबारी–९ का वडा सदस्य नरबहादुर मगरले बताए। उनका अनुसार जङ्गलबाट गाउँ पसेको हात्तीले मान्छेलाई आक्रमण गर्दै घर भत्काएर उपद्रो मच्चाएको थियो। हात्तीको आक्रमणमा परेर ५ महिने नाबालकसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना किशोरीको अवस्था गम्भीर छ। 

वडा सदस्य मगरका अनुसार हात्तीको आक्रमणबाट स्थानीय सुरेन राईकी श्रीमती २२वर्षीया अस्मिता र ५ महिनाका छोरा क्यालबिन राई तथा स्थानीय १७ वर्षीया प्रतीमा लिम्बू घाइते भएकी छन्। प्रतीमाको अवस्था गम्भीर छ। हात्तीले आक्रमण गरेर घाइते बनाएकामध्ये आमा–छोराको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

प्रतीमाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हात्तीले सुरेन राई र गजेन्द्र लिम्बूको घरमा पनि क्षति गरेको छ। टिनको छानो र काठको बेरा भएको घरमा हात्तीले क्षति गरेको मगरले बताए। उनका अनुसार घर बनाउनलाई ल्याएको सिमेन्टका बोरा र कर्कटपाता पनि हात्तीले फालिदिएको छ। हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएकी प्रतीमाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। गाउँ पसेका २ वटा हात्तीले रातभरी उपदा्रो मच्चाएको स्थानियले बताए।

प्रकाशित: २९ मंसिर २०७८ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App