६ वैशाख २०८१ बिहीबार
समाज

अन्टार्कटिकाको अग्लो हिमाल चढ्दै तीन नेपाली

अन्टार्कटिकाका (द लास्ट डिग्री–द साउथ पोल एण्ड माउन्ट भिन्सन) को अभियानमा सामेल हुन तीन शेर्पा दाजुभाइ सात महाद्वीपका ७ शिखर आरोहण गर्ने लक्ष्यसहित त्यसतर्फ प्रस्थान गरेका छन्। संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासी लाक्पा शेर्पा मंगलबार अन्टार्कटिकाका तर्फ प्रस्थान गरेका हुन्।

अन्टार्कटिका प्रस्थान गर्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दाजुभाइलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलताका लागि शुभकामना दिएका थिए।

भिन्सन ४८९२ मिटर/१६०५० फिट अन्टार्कटिका र दक्षिण ध्रुवको सबैभन्दा अग्लो चुचुरो हो। जसलाई भौगोलिक दक्षिण ध्रुव वा स्थलीय दक्षिण ध्रुव पनि मानिन्छ।

तीन भाइ मध्ये मिङ्मा र छाङ दावा शेर्पाले ८ हजार मिटरको हिमाल चढ्ने पहिलो दाजुभाइको नाम गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भईसकेका छन्।  टासी लाक्पा शेर्पा भने साहसिक विशेषज्ञ र हिमालयमा सबैभन्दा अनुभवी आरोही मध्येका हुन्। जसले पूरक अक्सिजन प्रयोग नगरी २० वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका थिए।

उक्त टोलीले अन्टार्कटिकामा ११ दिनको यात्रा तय गरेका छन् भने उनीहरुलाई रसीयन सैनिकको विमानबाट द युनियन ग्लेसियर क्यामसम्म लगिने छ। त्यहाँबाट उनीहरुले साउथ पोलको १११ कि.मी.को यात्रा सुरु गर्नेछन्। त्यहाँबाट उनीहरुले भिन्सन म्यासिफको आरोहण सुरु गर्ने छन्। आरोहणको लागि उनीहरुले ३ करोड ५७ लाख रुपैयाँ खर्च हुने जनाएका छन्।

उनीहरूले यो अभियानमा सफलता प्राप्त गर्न सकेमा यो रेकर्ड राख्ने उनीहरु पहिलो नेपाली टोली हुनेछन्।

प्रकाशित: २८ मंसिर २०७८ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App