१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बालकोटमा २३ वर्षीय युवककाे शव फेला

भक्तपुरको बालकोटमा एक युवकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने २३ वर्षीय राजन श्रेष्ठको शव सूर्यविनायक–२, बसीटोलस्थित बंगलामुखी सहकारी चोक नजिक हनुमन्ते खोला किनारको खेतमा फेला परेको हो।

मृतकको टाउकोमा गम्भिर चोट लागेको छ। निधारमा गहिरो चोट लाग्ने गरी कुनै रड जस्तो वस्तुले हिर्काएको जस्तो देखिएको महानगरिय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी रेग्मीले बताए।  

शव मंगलवार राती करिब १० बजे फेला परेको हो। मृतकको नीजि सवारी मध्यपुर थिमि–३ गठ्ठाघरमा फेला परेको प्रनाउ रेग्मीले जानकारी दिए।

मृतकको शव मध्यपुर अस्पतालमा लगिएको छ। घटनामा संलग्न भएको आशंकामा केहीलाई सोधपुछको दायरामा लिईएको प्रहरी स्रोतले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७८ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App