२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अवैध दोहन रोक्न माग गर्दै सिडिओलाई ज्ञापन पत्र

बाँकेस्थित राप्ती नदीको अबैध दोहन रोक्न माग गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई आइतबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो।

अबैध दोहनले खेतीयोग्य जमिन कटान, पटान भएर बगरमा परिणत भएको स्थानीय बासिन्दाको भनाइ छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का स्थानीयबासीले ४ बुँदे ज्ञापनपत्र बुझाउँदै राप्ती नदीमा भइरहेको अबैध दोहन तत्काल रोक्न माग गरे।

स्थानीय अगुवा बनिलाल थारुले राप्ती नदीमा भइरहेको अवैध दोहनले खेतीयोग्य जमिन कटान, पटान भएर बगरमा परिणत भएको बताए। ज्ञापन पत्र बुझेपछि प्रजिअ खत्रीले राप्ती नदीमा भइरहेको दोहन रोक्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित: १९ मंसिर २०७८ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App