१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाजुरा अटो दुर्घटनामा दुईको मृत्यु

बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज ५ः३० मा दुर्घटनामा परेको हो। अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १९ मंसिर २०७८ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App