१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालमा ‘जवाद’ चक्रवातको सामान्य असर

बङ्गालको खाडीको मध्य पश्चिम भूभागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ। सो चक्रवात आज बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ।

यसका कारण नेपालमा खासै ठूला प्रभाव पर्ने सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज रातिबाट प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भाष्हका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापीय प्रणलीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ।

प्रकाशित: १८ मंसिर २०७८ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App