७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरी भन्छः भक्तपुरमा लुकिछिपी वेश्यावृत्ति भइरहेको छ

भक्तपुर प्रहरीले भक्तपुरमा लुकिछिपी वेश्यावृत्ति चलिरहेको बताएकाे छ। महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले अनेक तरिकाबाट लुकिछिपी वेश्यावृत्ति चलिरहेको जनाएका छन्।

भक्तपुर चेम्वर अफ कमर्सले लैंगिक हिसांविरुद्धको अभियान, व्यवसायिक क्षेत्रमा महिलाको सुरक्षा विषयमा बुधबार भक्तपुरमा गरेको अन्तर्क्रिया कार्यक्रममा एसपी श्रेष्ठले वेश्यावृत्तिका अनेक उपाय भएको खुलाएका हुन्। एसपी श्रेष्ठले अपराधलाई लुकाउन सिधै पैसा नदिई बैंकमार्फत पैसा ट्रान्सफर हुने गरेको अनुसन्धानको क्रममा भेटिएको बताए।

वेश्यावृत्तिबारे जानकारी दिँदै उनले लेनदेनको आधारमा गरिएको यौन क्रियाकलाप वेश्यावृत्तिमा गनिने जनाए। कुनै लेनदेन नभई सहमतिको आधारमा भएको यौन क्रियाकलापलाई नेपालको कानुनले वेश्यावृत्ति नमान्ने उनले जानकारी गराए।

यौनहिंसाबारे जानकारी दिँदै एसपी श्रेष्ठले उमेर नपुगेका युवतीमाथि सहमतिमै यौन शोषण भए पनि त्यसलाई यौनहिंसा मानिने बताए।

प्रकाशित: १६ मंसिर २०७८ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App