१६ चैत्र २०८० शुक्रबार
समाज

ब्लड क्यान्सर पीडित खवासको उपचारका लागि लिटल बुद्धद्वारा १० हजार सहयोग

‘ब्लड क्यान्सर’बाट पीडित भइ काठमाडाैंमा उपचाररत ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ५ की गोमा खवासको उपचार सहयोगका लागि लिटलबुद्ध बोर्डिङ स्कुलका विद्यार्थी र स्कुलले १० हजार बढी रकम सहयोग गरेको छ। 

विद्यालयमा विद्यार्थीले खाजा खान ल्याएको रकममध्ये आधा बचाएर विद्यार्थीबाट संकलित ८ हजार २५ रुपैयाँ र विद्यालयकातर्फबाट थप २ हजार गरी १० हजार २५ रुपैयाँका बिरामी खवासका आफन्तलाई मंगलवार बितरण गरिएको छ। 

पारिवारिक अवस्था कमजोर भएकी खवासको ज्यान बचाउन अहिले गोमा खवास बचाउ अभियान पनि चलिरहेको छ। सहयोग गर्न चाहनेले एनआइसी एशियामा रहेको सुदिप खवासको खाता नम्बर ००३५७५१५५९३७१००१ मा रकम जम्मा गर्न वा ई–सेवाका लागि ९८२४९४९८८९ मा सम्पर्क गर्न सकिने समेत गोमा खवास बचाउ अभियानले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७८ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App