१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिपले ठक्कर दिँदा एक बालकको मृत्यु

अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिँदा भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षीय छोरा आयान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।

जिपले ठक्कर दिएर घाइते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो। सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको छ।

प्रकाशित: १३ मंसिर २०७८ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App