२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करणी उद्योगका आरोपी छुटाइ दिन्छु भनी ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध महाशाखाले जर्बजस्ती करणी उद्योगका प्रतिवादीलाई छुटाइ दिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको पनौति नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. १० सुकेधारा बस्ने २७ वर्षीया रबिना थापा पक्राउ परेका हुन्।

थापाले जर्बजस्ती करणी उद्योग मुद्दामा २०७८ असार ३१ गते पक्राउ परी हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिक लिउ युइलाई थुनामुक्त गराइ दिन्छौं भनी चिनियाँ नागरिककी श्रीमति कमला भुषालसँग थापाले २० लाख रकम लिएको प्रहरी महाशाखाले जनाएको छ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाका सूचना अधिकृत कृष्णप्रसाद पंगेनीले बताए।

प्रकाशित: १३ मंसिर २०७८ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App