१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली प्रहरी विराटनगरबाट पक्राउ

आफूलाई नेपाल प्रहरीको घुमुवा भनेर सीमा क्षेत्रमा बसेर भारतको जोगबनीमा लागूऔषध प्रयोग गर्न जानेसँग पैसा उठाउने एकजना पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङले आफू प्रहरी भएको भन्दै पैसा उठाउँदै गर्दा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। सीमा क्षेत्रमा बसेर लागूऔषध दुव्र्यसनीहरुसँग आफू प्रहरीको घुमुवा भएको र पैसा दिनुपर्ने भनेर जबरजस्ती गरेर पैसाको ‘बार्गेनिङ’ गर्दैगर्दा पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।

प्रहरीका अनुसार लागूऔषध सेवन गर्नका लागि भारतको जोगबनीतिर जाने गरेकाहरुसँग चेम्जोङले ३ लाख रूपैयाँ मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चेम्जोङलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान थालेको डिएसपी श्रेष्ठले जानकारी दिए। उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउनलाई म्याद थपको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७८ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App