११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बाइस वर्षपछि पक्राउ अभियुक्त

सर्लाही जिल्ला अदालत मलंगवाले कैद सजाय र नगद जरिवाना फैसला गरेको एक अभियुक्त बाइस वर्षपछि पक्राउ परेको छ। २०५६ असार २२ गते सर्लाही जिल्ला अदालतबाट सजाय पाएका सर्लाहीको पर्सा गाउँपालिका १ का मुनिया भन्ने कलम हुसैन अन्सारीलाई करिब साढे बाइस वर्षपछि सर्लाही प्रहरीले पक्राउ गरेको छ।

चोरी मुद्धामा एक महिना कैद र ३५ हजार रुपैया जरिवाना तोकिइ फरार रहेका अन्सारीलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पहिले नै कैद तथा नगद सजाय तोकिएका अन्सारीलाई सर्लाही जिल्ला अदालत मलंगवामा पेश गरेपछि अदालतले अन्सारीलाई कारागार कार्यालय सिन्धुली चलान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

अदालतबाट फैसला भई फरार रहेका सर्लाहीका अभियुक्तहरुलाई सर्लाही प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। केही दिनमै सर्लाही प्रहरीले अभियुक्त पक्राउमा सफलता प्राप्त गर्दै गएको देखिएको छ।

अभियुक्त पक्राउमा सर्लाही प्रहरी आक्रामक देखिएको स्थानीयको भनाइ छ।

प्रकाशित: १० मंसिर २०७८ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App