१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पुर्‍याउनु पर्छः मन्त्री यादव

प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबारदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको सुरु गरिएको छ। विराटनगरमा बिहीबार बिहान प्रभातफेरीको आयोजना गर्दै अभियानको सुरुआत भएको हो।  

‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मंसिर २४ गतेसम्म सञ्चालन हुने साझा अभियानको प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले शुभारम्भ गरेका थिए। उनले अभियानको शुभारम्भ गर्दै लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पुर्‍याउनु पर्ने बताए। अभियानलाई गाउँ–गाउँमा पुर्‍याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिनेमा जोड दिए।

सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाइ हुने भएकाले आ–आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्ने बताउँदै, मन्त्री यादवले भने, ‘निरन्तरको अभियानले लैंगिक हिंसा सधैँका लागि अन्त्य गर्न सक्ने छौं। सबैले ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारालाई आत्मसात गर्दै अघि बढे अभियान सफल हुनेछ।’  

प्रभातफेरी कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थालगायतको सहभागिता रहेको थियो। १६ दिनसम्म विभिन्न चेतना मूलक कार्यक्रम आयोजना गरिने भएको छ।

प्रकाशित: ९ मंसिर २०७८ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App