१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालगन्जमा बुद्ध एयरको जहाजसँग स्याल ठोक्कियो

फाइल तस्बिर

काठमाडौंंबाट नेपालगन्ज आएको बुद्ध एयरको जहाजसँग स्याल ठोकिएको छ। नेपालगन्ज विमानस्थलमा अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला बुधबार बेलुका सवा ७ बजेतिर ‘एटिआर ७२’ जहाजसँग स्याल ठोकिएको हो।  

नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालय प्रमुख सुभास झाले बेलुका ७ बजेर १५ मिनेटमा जहाज ल्याण्ड गरिसकेपछि धावनमार्गमा गुडिरहेका बेला स्याल ठोकिएको जानकारी दिए। स्याल ठोकिएपछि जहाजको नोजन गियरमा केही समस्या आएकाले राती नै काठमाडौंबाट इन्जिनियरको टोली आएर चेकजाँच गरेको बताए। ‘स्याल ठोकिएको जहाज अहिलेपनि नेपालगन्जमै छ, आज उड्छ होला,’ उनले भने।

उक्त जहाजमा रहेका सबै यात्रु सकुशल रहेको र नेपालगन्जबाट काठमाडौं जाने यात्रुलाई अर्को जहाज आएर राती नै पुर्याएको झाले जानकारी दिए। जहाजसँग स्याल ठोकिएपछि पनि राती १० बजेसम्म ५ वटा उडान काठमाडौंका लागि भएको बताए।  

नेपालगन्ज विमानस्थलको धावनमार्गमा पटक–पटक बदेल, स्याल, दुम्सी लगायत वन्यजन्तु ठोकिने गरेका छन्। विमानस्थलभित्र घाँस काट्न आउने स्थानीय बासिन्दाले तारजाली काटिदिदाँ त्यही ठाउँबाट वन्यजन्तु भित्र प्रवेश गर्ने गरेको प्रमुख झा बताउँछन्। 

प्रकाशित: ९ मंसिर २०७८ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App