१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जन्ती बोकेको जिप दुर्घटना, ६ जनाको मृत्यु

जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायल तर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

जिपमा सवार रहेका सात जना मध्ये ५ जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की  र जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली रहेका प्रवक्ता खड्काले बताए। दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ।

प्रकाशित: ६ मंसिर २०७८ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App