१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी साधन आपसमा ठोक्किँदा सिन्धुपाल्चोकमा शनिबार एकको ज्यान गएको छ। अरनिको राजमार्गको चिहानेमा बिपरित दिशामा कुदिरहेका मोटरसाइकल र आइचर गाडी आपसमा ठोक्किँदा बाह्रविसे नगरपालिका–३ का ४५ वर्षीय यज्ञबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक श्रेष्ठ मोटरसाइकलको पछाडी यात्रारत थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दक्षकुमार बस्नेतका अनुसार बन्देउबाट बलेफी जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ०५८४ नम्बरको मोटरसाइकल र बन्देउतर्फै आउँदै गरेको बा५ख ४२८१ नम्बरको आइचर गाडी आपसमा ठाक्किएका हुन्।

ठक्करबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि धुलिखेल पुर्याइएकोमा उनको त्यहीँ निधन भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक घाइते छन्। उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ।

आइचर गाडी, त्यसका चालक र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७८ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App