१० असार २०८१ सोमबार
image/svg+xml
समाज

छिन्ताङवासीमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा

छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ। निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कार्तिक २९) गते शहीद स्मृति दिवस मनाइएको छ।

परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना शहीद बनेका खोपु–छिन्ताङ घटनामा मारिएका शहीद परिवारले उठाएका माग पूरा नभएको बताउँछन्। छिन्ताङबासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व भएपनि राज्यस्तरबाट गाउँको समृद्धि र सहिद परिवारका लागि अझै थप केही होेस् भन्ने चाहना रहेको शहीद परिवारका सदस्य झलकमान राईले बताए।

त्यस्तै शहीद परिवारका सदस्य गंगाबहादुर राइले सरकारले शहीद परिवारलाई मध्यनजर गरेर विद्यालय र केही सुविधा दिएको बताउँछन्। त्यस्तै जनप्रतिनिधिहरु भने शहीद परिवारलाई उनीहरुको सबै माग पूरा नभए पनि धेरै मागहरु पूरा गरिसकेको बताउँछन्। कार्यक्रममा पुग्नुभएका नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीका अध्यक्ष राजेन्द्रकुमार राईले शहीदहरुकै कारण छिन्ताङ विकसित भइरहेको भन्दै जनप्रतिनिधिहरुले शहीद परिवारका सबै सदस्यलाई रोजगारी दिने काममा लागि परेको बताए।

शेरधर राई नेतृत्वको प्रदेश १ सरकारले खोकु–छिन्ताङका १६ शहीद परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत अनुदान दिएको थियो। अहिलेसम्म शहीद परिवारका लागि ८ वटा घर निर्माण भइसेकेको छ। त्यहाँका जनता खान नपाएपछि मझियाहरुको ढुकुटीबाट टिप्पणी उठाएर अन्न जनतालाई बाँडिएको थियो।

त्यसबिरुद्ध पञ्चायती शासक वर्गले यो काण्डमा विभिन्न व्यक्ति हरुमाथि डकैतीको मुद्दा चलाएको थियो। स्थानीय पञ्चहरुले प्रशासनसँग गुहार मागेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा अञ्चलाधीश, प्रहरी प्रशासनका प्रमुख र सेनाले यस क्षेत्रका नागरिकमाथि दमनको नीति लिएको थियो। अन्ततः २०३६ सालमा छिन्ताङ हत्याकाण्ड भएको थियो। जसमा १६ जनाको हत्याकाण्ड भएको थियो। हत्याकाण्डमा परी मारिएका १६ जनालाई २०७४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो।

प्रकाशित: १ मंसिर २०७८ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App