coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थिमि चारदोबाटोमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

भक्तपुरमा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटो चोकमा विहान भएको दुर्घटनामा वाग्मती प्रदेश ०३– ०२७ प २३२ ५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षका प्रदीप कार्कीको मध्यपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७८ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App