२१ मंसिर २०७९ बुधबार
समाज

आवाजको माध्यमबाट दुनियाँ जित्ने साइग्रेस

साइग्रेस पोखरेलले आवाजको माध्यमबाट लाखौँ स्रोताको मन जितेका छन्। स्पेनमा बसेर पनि साइग्रेसले नेपालीहरुको पीडा र वेदनालाई कथामा उनेर आवाज मार्फत जादु छर्छन्। उनले भनेका कथा स्रोताहरुलाई आफ्नै कथा जस्तो लाग्छ। उनले भनेका कथाहरु पाठक आफ्नै कथा मानेर सुन्छन्।  

‘स्टोरी टेलर’का रुपमा परिचित रहेका साइग्रेसले आवाजमा जादु भर्छन्। नेपालमा किताबहरु प्रकाशित भएर विमोचन हुँदै विभिन्न मिडियामा हल्ला हुने जमानामा उनले अडियो मार्फत हजारौँको मन जिते।

‘लेखक भएपछि आफ्नै नैतिक जिम्मेवारी पनि बढ्दै जान्छ। सामाजिक उत्तरदायित्व पनि बढ्दै जान्छ। मैले बोलेका कथाहरु, मैले बोलेका शब्दहरुले मैले बोलेका भिडियो कन्टेनहरुले समाजमा राम्रो किसिमको सन्देश जानुपर्छ भन्ने कुरामा म सधैँ सचेत छु।’

काठमाडौंमै जन्मे–हुर्केर स्पेनलाई कार्यथलो बनाउँदै आएका साइग्रेसको पाँचवटा अडियो उपन्यास उनको आफ्नै युट्युव मार्फत सार्वजनिक भएको छ। उनी आफ्नो कथामार्फत देश, युग, भूगोल, जीवन, राष्ट्रियता, प्रेम हुँदै समाजमा विद्यमान रहेको विकृति विसंगतिमाथि पनि आवाज उठाउँछन्। युट्युवमा राखिएको उनको पहिलो अडियो उपन्यास ‘अधुरो प्रेम’ ३० लाखभन्दा धेरै पटक सुनिएको/हेरिएको छ। उक्त उपन्यासलाई अहिले उनले किताबको रुपमा आकार दिन थालेका छन्।

स्वास्थ्य मन्त्रालयको जागिर छाडेर २०७२ सालमा पढ्नका लागि डेनमार्क पुगेका साइग्रेस कामको बाबजुद पनि साहित्यलाई समय दिन्छन्। इच्छा भयो भने जसरी पनि उपाय निस्कन्छ भन्ने कुरामा उनको विश्वास छ।

उनी डेनमार्क मिडिया म्यानेजमेन्ट पढ्नका लागि पुगेका थिए। त्यसबाहेक उनले ‘स्टोरी टेलिङ’ पनि गरिरहेका थिए। सुरुआतमा प्रायः छोटो प्रेरक कथा वाचन गरेर राखिएको भिडियो फेसबुकमा राख्थे। त्यसबाट उनले लाखौँ भ्युज कमाएपछि सामाजिक सञ्जालको लोकप्रियतासँगै धेरैजसो चर्चाको शिखरमा पुगे।

उनी वर्तमान युवापुस्ताले निकै नै रुचाएका सेलिब्रेटी हुन्। कथा वाचनबाट चर्चामा आएपछि उनलाई सुन्नेहरुले नै उपन्यास लेख्नेदेखि वाचनकै विषयमा सोध्छन्। समय–समयमा साइग्रेस उनीहरुलाई प्रशिक्षण पनि दिन्छन्, त्यसका लागि पारिश्रमिक पनि लिने गरेका छन्।

लेखक भएपछि सामाज र राष्ट्रको जिम्मेवारी व्यक्ति पनि हुनुपर्छ भन्ने उनको धारण छ। उनी भन्छन्, ‘लेखक भएपछि आफ्नै नैतिक जिम्मेवारी पनि बढ्दै जान्छ। सामाजिक उत्तरदायित्व पनि बढ्दै जान्छ। मैले बोलेका कथाहरु, मैले बोलेका शब्दहरुले मैले बोलेका भिडियो कन्टेनहरुले समाजमा राम्रो किसिमको सन्देश जानुपर्छ भन्ने कुरामा म सधैँ सचेत छु।’

धेरै स्टोरीमा प्रसंसा कमाइसकेपछि विभिन्न्न संघसस्था विभिन्न सरकारी र गैरसरकारी संस्थाहरु र तिनले चलाएका क्याम्पिएनमा पनि उनी सहभागी हुन्छन्।

क्याम्पिएनहरुमा कति चाहिँ आफ्नो उद्देश्य पूरा हुने खाले कथाहरु बनाउनुपर्ने हुन्छ। कतैँ चाहिँ क्याम्पिएनहरुले नै हायर गर्ने उनी बताँछन्। उत्तरदायित्व बहन गरेको कथा बनाउने र भिडियो प्रस्तुत गर्ने भएपछि कमर्सियल रुपमा पनि राम्रो भएको साइग्रेसको अनुभव छ।

यो क्षेत्र राम्रो छ भन्ने कुरा अहिले धेरै मान्छेले बुझिसकेका छन्। स्टोरी पनि एउटा प्रोफेसन हुन्छ भन्ने कुरामा पोखरेललाई विश्वास छ।

अहिले कच्चा बाटोमा हिँड्दै गरेपछि पछि गएर अर्को पुस्तामा हस्तान्तरण हुँदै पिच बाटो बनेर गाडी कुद्ने कुरामा उनी ढुक्क छन्।

साहित्यमा लाग्नु राम्रो कुरा हो। वर्तमान पुस्ता साहित्यमा आकर्षित भएको देख्दा उनलाई निकै खुसी लाग्छ। साहित्यमा आफ्नो सिर्जना र भावना खुलेर व्यस्त गर्न सकिने हुनाले समाज परिवर्तन हुने कुरामा साइग्रेस विश्वस्त छन्।

जसले कथा भन्छ, त्यसले भन्दा बढी इफोर्ट सुन्नेले लगाउनुपर्छ। यदि सुनिदिने मान्छे र पढिदिने पाठक भएनन् भने त्यो कथाले केही प्रभाव पार्न सक्दैन।

उनी भन्छन्, ‘आफ्नो सिर्जना र भावनाले पनि समाजमा एउटा प्रभाव पर्छ। त्यो कथाबाट पाइने एउटा सफलता हो। साहित्यको माध्यमबाट आफूलाई व्यक्त गर्न सक्नु राम्रो हो। नयाँ पुस्ता युवापुस्ता साहित्यमा बढी आकर्षित हुँदा खुसी लाग्छ। मलाई पनि आफ्नो कथाले कतै न कतै कुनै न कुनै माध्यमले प्रभाव पारेको छ जस्तो लाग्छ।

विज्ञान र प्रविधिको विकास सँगसँगै लेखकहरु अलि अल्छि हुन लागेको उनको ठम्याइ छ। सुरुमा लेखकहरुले अलि जोसमा लेख्ने ढाँचाशैली सबै मिलाएर लेख्ने तर पछि बिस्तारै ती सिर्जना हराउने कुरा देख्दा उनलाई राम्रो लाग्दैन। उनी एउटै विषयमा कथा उठाउनुभन्दा पनि धेरै सामाजिक विषयमा आधारित रहेका कथाहरु लेख्न मन पराउँछन्। दैनिक जीवनमा भएका भोगाइहरु जनताका पीडाहरुलाई साहित्य मार्फत उठाउनुपर्छ भन्ने उनको धारणा छ। कथा अथवा उपन्यास लेख्दा सामाजिक विषयवस्तुको जड पत्ता लगाएर लेख्न मन पराउँछन् उनी।

उनले बाचन गर्ने कथाहरुमा प्रेमको विषयमा मानवीय मूल्य मान्यता उठाउँछन्। साथै उनले आफ्ना कथाहरुमा उठाउने विषय भनेको माहिला हिंसा जातीय छुवाछुत पनि प्रमुख हुन्। उनले युट्युवमा सार्वजनिक भएको खाडीको कथामा पनि सामाजिक विषय नै उठाएका छन्।

जे कुराबाट आफू टाढा भइन्छ त्यो कुराको महत्व बढी हुन्छ। विदेशमा हुँदा उनलाई नेपालको धेरै सम्झना आउँथ्यो। ती कुराहरुलाई पनि उनले आफ्नो कथामा समेटेका छन्। देश छाडेर जहाँ पुगेपनि देशप्रतिको माया सदैव उस्तै रहने उनको बुझाइ छ।

उनको विचारमा जसले कथा भन्छ, त्यसले भन्दा बढी इफोर्ट सुन्नेले लगाउनुपर्छ। यदि सुनिदिने मान्छे र पढिदिने पाठक भएनन् भने त्यो कथाले केही परिवर्तन गर्न सक्दैन। अमर रहने किसिमको लेख कथाहरु बनाउनुपर्ने कुरामा उनी जोड दिन्छन्।

साहित्य दीर्धकालीन हुनुपर्छ भन्ने कुरामा उनी विश्वास राख्छन्। कथाहरु आज मात्र होइन समय सान्दर्भिक रुपमा सधैभरि ताजा हुनुपर्ने उनको मान्यता रहेको छ। अहिले समसामायिक मात्रै बनायो भने भोलि त्यो कथा बासी हुन्छ भन्ने उनको धारणा छ।

प्रकाशित: २५ कार्तिक २०७८ १९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App