७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश १ मा ८० जना कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण भएको छ। ४ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, संखुवासभा, इलाम, तेह्रथुम र ओखलढुंगामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो।

झापाको अर्जुनधारा, विर्तामोड र दमकमा ६–६, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज र भद्रपुरमा २–२, मेचीनगर, हल्दिबारी र बाह्रदशीमा १–१, मोरङको विराटनगरमा १२, सुन्दरहरैँचामा ६, केराबारीमा २, कटहरी, ग्रामथान र सुनबर्षीमा १–१, सुनसरीको इटहरीमा १३, धरानमा ६, संखुवासभाको चैनपुर, इलामको इलाम नगरपालिका, तेह्रथुमको म्याङ्लुङ र ओखलढुंगाको सिद्धिचरणमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलबार ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३५ महिला र ३३ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७८ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App