५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

वन्यजन्तुले असुरक्षित नेपालगन्ज विमानस्थल

मंगलबार बिहान नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीनवटा बँदेल ठोक्किए। पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) बँदेल ठोकिएका थिए। उक्त डोर्नियर दुर्घटनाबाट बचे पनि यसले नेपालगन्ज विमानस्थल वन्यजन्तुबाट कति

मंगलबार बिहान नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीनवटा बँदेल ठोक्किए। पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) बँदेल ठोकिएका थिए। उक्त डोर्नियर दुर्घटनाबाट बचे पनि यसले नेपालगन्ज विमानस्थल वन्यजन्तुबाट कति जोखिममा छ भन्ने पुस्ट्याएको छ। यसभन्दा पहिला पनि नेपालगन्ज विमानस्थलमा बेलाबेला बँदेल विमानसँग ठोकिने गरेका छन्।

हालसम्म विमानमा बँदेल ठोकिँदा ठूला दुर्घटना भने भएका छैनन्, तर यसले जोखिम भने निम्त्याएको छ।

नेपालगन्ज विमानस्थलबाट सुरक्षित उडानका लागि बँदेल चुनौती देखिएको पटकपटकका घटनाले देखाएका छन्। उडान भर्न लागेका र अवतरण हुन लागेका जहाजमाथि बेलाबेला बँदेल ठोकिँदा उडानलाई समस्या बनाउँदै आएको छ। विमानस्थलको उत्तरतर्फको भागबाट बँदेल विमानस्थलभित्रै प्रवेश गर्ने गरेका छन्। विमानस्थलमा बँदेल प्रवेश गर्दा उडान तथा अवतरण जोखिम हुने गरेको विमान कम्पनीहरु बताउँछन्।

विमानस्थलको सरसफाइ नहुँदा पनि यहाँ दुर्घटनाको जोखिम बढाएको बताइएको छ। ‘विमानस्थलभित्र झाडी मात्रै छ,’ एक विमान कम्पनीका कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘त्यही झाडीमा बँदेलले बास स्थान बनाएका छन् ।’

वन्यजन्तुका कारणले हुने जोखिम न्यूनीकरणका लागि विमानस्थलमा सरसफाइमा ध्यान दिनुपर्ने उनले बताए।

विमानले सकुशल अवतरण तथा उडान गरेको भए पनि पश्चिम नेपालको एउटा प्रमुख विमानस्थलमा बँदेल ठोकिँदा जोखिम बढेको कतिपयको भनाइ छ। यहाँ बँदेल र दुम्सीजस्ता जनावर विमानस्थलको धावनमार्गमा देखिने गरेका छन्। दैनिकजसो देखिने बँदेल र दुम्सीले उडान र अवतरणमा असहजता ल्याएका छन्। विमानस्थल कार्यालयका प्रमुख सुभाष झाले धावनमार्ग कालोपत्रे गर्ने, झाडी फालेर सम्याउने जस्ता काम भएको बताए। सावधानी अपनाउँदा अपनाउँदै बँदेल र दुम्सी विमानस्थल भित्र देखिने गरेको उनले बताए।

विमानस्थलमा राम्रोसँग सरसफाइ नगरिँदा झाडी फैलिएको छ। त्यही झाडीमा बँदेल र दुम्सीले बासस्थान बनाएको देखिन्छ। विमानस्थलमा प्रायः साँझको समयमा वन्यजन्तुहरू धावनमार्गमा वरिपरि घुम्ने गरेका छन्। नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार वन्यजन्तु तथा चराको जोखिम न्यूनीकरण गर्न विमानस्थल क्षेत्रवरिपरि काँडे तारबार गरिएको छ। विमानस्थलभित्रको झाडी सफाइ गर्दा मात्र धेरै जोखिम कम हुने स्थानीयको भनाइ छ। ‘विमानस्थलभित्र झाडीमात्रै छ,’ काठमाडौँ जान एयरपोर्टमा आएका कैलालीका अञ्जन चौधरीले भने, ‘झाडी सफा नहुँदा पनि बँदेल र दुम्सी विमानस्थलभित्रै हुन्छन्।’ यति मात्र होइन नेपालगन्ज विमानस्थल बर्खाको समयमा पनि समस्या हुँदै आएको छ। धावनमार्गमा पानी जम्ने हुँदा लेदोले चिप्लो गराउने गरेको छ। स्थानीय कमला शर्माका अनुसार विमानस्थल वरिपरि घाँसे मैदान हुनु, स्याल, चराहरुले उडान प्रभावित पार्ने गरेका छन्। यसका साथै रनवे सानो हुँदा पनि उडान तथा अवतरणमा असहजता हुने बताइएको छ। नेपालगन्जबाट दैनिक ३० देखि ५० वटा साना ठूला उडान हुन्छन्।

प्रकाशित: १६ कार्तिक २०७८ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App