२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

संकटमा कोहार र कसघड जातिको पुर्ख्यौली पेशा

कपिवलवस्तुको सदरमुकाम तौलिहवास्थित हाटबजारमा माटाका दीयो लगायतका सामाग्री बेच्दै कोराहा समुदाय। तस्बिर: नागरिक

कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारको जीवन माटोले धाानिएको छ। उनले माटाससंग खेलेको ४ दशक बढी भयो। तिहारमा बढी बिक्री हुने भएकाले ५८ वर्षे उनी अहिले घरमा माटाका सामाग्री बनाउन व्यस्त छन्। उनी चार्डपर्व आउदा साथ महिना डेढ दुई महिना माटोको कला सृजनामै व्यस्त हुन्छन्। राम्रो भाडाकुडा बनाउँछन्। 

१५ वर्षको उमेरबाटै माटोकै भाडाकुडा बनाउदै आएका उनले भने व्यापार दिनानुदिन खस्कदो छ। चुलौचोकोकै समस्या हुन थालेकोछ। माटाका भाडाकुडा बनाउने कोहार समुदायको पेशा संकटमा परको छ। जिल्लामा हिन्दुहरुको कोहार र मुस्लिमहरुको कसघड जातिले माटाका भाडाहरु बनाउने गर्छन्। उनीहरुको यही पुर्ख्यौली पेशा हो। 'बिगतमा माटाका सामाग्रीहरु बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरु गए’ भोलाले निराश हुदै भने 'रेडीमेट प्लाष्टिकको सामानमा आकषर्ण बढे पछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्लिक भएको छ।' 

‘अरु बेला खासै बिक्री नभएपनि चार्डबार्डले भ्याई नभ्याई हुन्थ्यो’ उनले भने, ‘तर आजभोली व्यापार छैन्।’ ‘माटोका भाडाका राम्रो व्यापार व्यवसाय नहुदा घर खर्च टार्न पनि गाह्रै हुन थालेको दुखेसो गरे।’ भाडाकुडा बिक्री हुन छोडेपछि कोहार समुदायलाई पुर्ख्यौली पेशा जोगाई राख्न सकस भएकोले उनी चिन्तित छन्। '७ जनाको परिवार जेनतेन पालेको छु' उनले भने, ‘तर अब जवानी विताएको पेशामा टिकिराख्न गाह्रै छ ’ उनले भने। माटोका सामाग्री बनाउन कोचो माटोको जोहो गर्न पनि गाह्रो हुने गरेको उनले बताए।

‘पहिलो नजिकैको पोखरीमा पाईन्थ्यो अहिले टाढा टढा जानु पर्छ’ उनले भने। काँचो माटोबाट बनाएको सामाग्रीलाई घाममा सुकाउने अनी आगोमा पाले पछि बल्ल माटोका सामागी बन्ने गर्दछ। तर त्यति मिहीनेत र परिश्रमले बनाएको सामाग्री बेच्नेलाई पनि हम्मे हम्मे पर्ने गरेको उनले गुनासो गरे। ४ वर्षअघिसम्म दशैं तिहारको बेला माटोका भाडाकुडा बेचेर ४० देखि ५० हजार कमाई हुन्थ्यो उनले भने। तर यो वर्ष मुस्किलले ९ हजारको पनि ब्यापार नभएको उनले बताए। 

उनले माटो भाडकुडा दियो, खुत्रुके, चुल्हे, गमला, हाडी, गिलास र गाग्री बनाउन गजबको सृजना गर्छन्। उनी मात्र नभई महुवाका रामकिशोर कोहार पनि उस्तै पिरलोमा छन्। ‘तर पनि यस वर्ष माटाका भाडाकुँडा बनाउदैछु’ उनले भने, ‘माटोको राम्रो व्यापार व्यवसाय नहुँदा घर खर्च टार्न पनि गाह्रै हुन थालेको छ।’ माटोको भाडाकुडा बिक्री हुन छोडे पछि कोहार समुदायलाई पुर्ख्यौली पेशा जोगाई राख्न धौधौ बनेको छ। 

प्रविधि विकासले विद्युतीय, प्लास्टिक र अन्य कृत्रिम सामग्री प्रयोग ह्वात्तै बढेको छ। ‘राम्रो चिटिक्क देखिन्छ’ तौलिहवाका अनिल कोहारले भने, ‘पसलै पिच्छे पाईन्छ।’ सस्तो र सजिलै पाईन्छ उनले भने। 'पेशा चौपट पारेको छ।' तर सामग्री प्रयोग गर्दा हुने वातावरणीय नोक्सानी तिर कसैले ध्यान दिदैनन्। ‘अब माटोका भाडाकुडा बिक्री गरी बाँच्न सकिन्न’ उनले भने, ‘लालाबाला कसरी पढाउने? ३ दशकदेखि भाडाकुँडा बेचेर घर खर्च चलाउँदै आएका उनले भने। 'पढेको छैन् अब के गर्ने कसो गर्ने चिन्तामा छु।' विषेश गरी दशैं र तिहारका बेला माटोका भाडाकुडाको माग ह्वात्तै बढछ। 

गाउँसहरका प्रत्येक घरमा पहिले दशैं तिहारमा माटोको दियाेमा बत्ती बालिन्थ्यो। तर आज भोलि माटोको दियो बाल्ने घर कम भईसके। त्यस्तै दशैं तिहारका बेला बालबालिका माटाका भाडकुँडामा खेल्दै रमाउथे। ‘दुई तीन साता यहाँका माटोका बजार बालबालिकाले नै भरिन्थ्यो’ स्थानीय रामदेब कोहरले भने, ‘अहिले प्लास्टिकको भाडाकुँडाले बजार पाउँदा बालबालिका बजारै आउन छाडे। ’चार्डपर्व आईसक्दा पनि बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, चुल्हे, गमला, हाडी, गिलास र गाग्री लगायतका सामग्रीको माग छैनन्। ४ वर्षअघि सम्म माटोको दियो बेचेर ६ जनाको परिवार चलाउँदै आएका महुवा गाउका पुन्नवासी कोहारले अब यो पेशाले चुलोचौको थेग्न नसक्ने बताए।

‘प्लाष्टिकको झिलीमीली बत्ती मैनबत्तीको प्रचलन गाउँसम्म पुग्यो’ उनले भने, ‘माटोका भाडाकुँडा दियो बिक्नै छोड्यो।’ ५ वर्षअघि सम्म दशैंका तिहारको बेला माटोका भाडाकुडा बेचेर ३५/४० हजार कमाउन गरेको कपिलवस्तु नगरपालिका–३ कुदानका चिनकु कोहारले बताए। 

तर यो वर्ष १० हजारको पनि व्यापार गर्न गाहै भएको बताए। ‘प्रदुषण नहुँदा स्वास्थ्यका हिसाबले पनि माटोका भाडाकुँडा राम्रो हो’ उनले भने, ‘तर जान्दाजान्दै पनि उपभोक्ता प्लाष्टिकका सामान तर्फ नै आर्कषित हुन्छन्।’ पुर्ख्यौली पेशाले जीवन धान्न धौ धौ परेपछि कोहार जातीको पेशा संकटमा परेको छ। पेशा संकटमा परे पछि पुर्ख्यौली पेशा बुढापाकाले सम्हालेको सेमरीका नारद कोहार बताए। युवा भने बैदेशिक रोजगारी र अन्य बैकल्पिक पेशा रोज्न थालेका उनले थपे। तराईमा माटोका भाडाकुडा बनाउने कोहार जाती हुन्। राष्ट्रिय जनगणना ०६८ अनुसार यहा करिब ३ सय घरपरिवार कोहार जाती छन्। अधिकाँशले पेशा अँगाल्दै आएका छन्।

प्रकाशित: १६ कार्तिक २०७८ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App