१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।

रौतहटको दुर्गा भगवती गाउँपालिकाको बडहर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३३ वर्षीय रामनिवास यादवको मृत्यु भएको हो। सोमवार राति ८.१५ बजेको समयमा सर्लाहीको धनकौल वैरिया  स्थित घरबाट प्रहरी जवानयादव डिउटीमा फक्रिने क्रममा अपरिचित नम्बरको सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरबाट कार्यक्षेत्र आउँदै गरेको अवस्थामा बागमति नदीको पुुलमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदाउनको घटना स्थलमै मृत्यु भएको इलाकाप्रहरी कार्यालय गरुडाले जनाएको छ।  घटनाबारेजानकारी आएलगतै इलाकाप्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारी नेतृत्वको टोलिघटना स्थलपुगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको बुझिएको छ।

दुर्घटना परी ज्यान गुमाएका प्रहरी जवान यादवको शव पोस्टमार्टमको लागि सदरमुकाम गौर अस्पतालमा राखिएको र प्रहरीलाई ठक्कर दिएर भागेको घटनामा संलग्न रहेको आशंकामा दुईवटा सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपि भण्डारीले बताए।

प्रकाशित: १६ कार्तिक २०७८ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App