१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

स्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरस्थित भेडियारीबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

झापाको विर्तामोड नगरपालिका–३ का ३४ वर्षीय उमेश साहलाई स्रोत नखुलेको नेपाली ८ लाख २० हजार रुपैयाँसहित पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ। विराटनगर–१८ स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीको टोली साहलाई भारतबाट को २९ प ८६४० नम्बरको स्कुटरमा आउँदै गर्दा पक्राउ गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार नेपाल आउँदै गरेका साहलाई चेक गर्ने क्रममा स्कुटरको डिकीभित्रबाट स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद भएको हो। डिकीभित्र रहेको रुपैयाँको स्रोत खुलाउन नसकेकाले आवश्यक कारबाहीका लागि इटहरीस्थित क्षेत्रीय राजस्व कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

त्यस्तै, लागुऔषधसहित प्रहरीले विराटनगर–१४ स्थित जतुवा चोकबाट १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चेर–९ का १९ वर्षीय आशिष महतो रहेको प्रहरीले जनाएको छ। महतोको साथबाट लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाइजाल्याब १७ एम्पुल बरामद भएको र इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७८ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App