१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

गढीमाई मन्दिर परिसरमा 'टिकटक' निषेध

गढीमाई मन्दिर परिसरमा टिकटक निषेध गर्न झुण्ड्याइएको सूचना। तस्बिर: रितेश/नागरिक

बारा जिल्लाको महागढीमाई नगरपालिका, बरियापुरस्थित विश्वप्रसिद्ध धार्मिक स्थल गढीमाईको प्राङ्गण टिकटक बनाउनेहरुका लागि निषेधित गरिएको छ। त्यहाँ टिकटक भिडियो बनाउनेहरुलाई दण्ड जरिवानाको व्यवस्था लागु गरिएको छ र ‘टिकटके’ लाई नियन्त्रण गर्न नगर प्रहरी समेत खटाइएको छ।  

‘केही समय त यहाँको माहोल नै बिग्रेको थियो, यता नाच्ने, एक्टिङ्ग गर्ने भिडियो बनाउने, हामी एकदम हैरान नै थियौं, के गरौं नगरौं जस्तो भएको थियो,’ गढीमाईका एक जना पुजारी मंगल चौधरीले भने, ‘समस्या बढ्दै गएपछि हामीले नगरपालिका कार्यालयमा यसको जानकारी पुर्‍यायौं, अहिले नगरपालिकाले टिकटकमा रोक लगाएपछि राहत छ।’ उनले बताएजस्तै महागढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयले टिकटक रोक्न सूचना जारी गरेको छ। ‘मन्दिर परिसरमा जुता चप्पल लगाउन र टिकटक बनाउन सशक्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘जुता चप्पल लगाएको तथा टिकटक बनाएको देखिएमा शख्त भन्दाअति सशक्त कारबाहीको साँथै नियमानुसार जरिवाना पनि गरिने छ।’

स्थानीयमानिसहरुले यस निर्णयको प्रसंसासमेत गरेका छन्। स्थानीय सुनिल पाण्डेले टिकटक रोक्ने निर्णय स्वागतयोग्यभएको प्रतिक्रियादिए। पुजारी चौधरीकाअनुसार टिकटक बनाउने क्रममा त्यहाँ खटाइएका नगर प्रहरीले रोक्ने गरेपछि ‘टिकटके’हरु अहिले त्यहाँ सक्रिय हुन पाएका छैनन। नेपाल प्रहरीको स्थानीय चौकीले पनि गढीमाईमा अनावश्यक गतिबिधि नियन्त्रणमा सघाएको बताइएको छ।

प्रकाशित: १० कार्तिक २०७८ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App