coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीका दुई एसपीको एकै दिन सरुवा

सर्लाहीमा कार्यरत नेपाल प्रहरीका एसपी सन्तोष सिंह राठौर फेरिएसँगै सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठको काज सरुवा भएको छ। श्रेष्ठ सशस्त्र प्रहरी बल १० नम्बर गण सर्लाहीका प्रमुख थिए। सर्लाहीका नाकाबाट भैरहेको तस्करीका कारण उनी आलोचित बनेका थिए। सँगै सार्वजनिक स्थानमा तास खेलेको आरोप समेत उनी दुबै एसपीमाथि लागको थियो।

सशस्त्र प्रहरीका एसपी श्रेष्ठको स्थानमा प्रदेश ३ गढीमाइ बाहिनीमा कार्यरत एसपी भरत खानियाको काज सरुवा गरिएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए।

गत भदौ २६ गते सशस्त्र प्रहरी मनुसमारा बेस कैयाम्पमा मातहतका केही प्रमुखलाई भनेर भोजको व्यवस्थागर्न लगाई सर्लाहीका सुरक्षा निकायका प्रमुखहरुले भोज खादै तास खेलेको समाचार बाहिर प्रकाशमा आएपछि सलाएहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोसँग गृह मन्त्रालयले कार्यवाही स्वरुप स्पष्टिकरण माग गरेको छ।

सर्लाहीको हरेक नाका भएर यतिबेला रातिको समयमा सीमा वारपार भइरहेको तस्करी अझ नियन्त्रण हुन सकेको छैन।

प्रकाशित: ७ कार्तिक २०७८ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App