८ वैशाख २०८१ शनिबार
समाज

बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु

अविरल वर्षापछि आएको बाढी पहिरोले प्रदेश १ मा ७० जनाको मृत्यु भएको  छ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै  बाढी पहिरोले प्रदेश १ मा हालसम्म ७० जनाको मृत्यु भइसकेको जानकारी दिएका हुन्।  

उनका अनुसार बाढी पहिरोमा परेर १८ जना घाइते भएका छन् भने १२ जना वेपत्ता भएका छन्। मुख्यमन्त्री आचार्यले  प्रदेश १ मा ५० हजार हेक्टर क्षेत्रफलमा लगाएको धानवालीलाई क्षति पु¥याएको बताए। जसमध्ये  पाकेर काटेको १० हजार हेक्टर क्षेत्रफलको धानलाई पनि बाढीले क्षति पु¥याएको   छ। उनले प्रदेश १ मा बाढी पहिरोले ठूलो धन जनको क्षति भएको बताउँदै क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेको जानकारी दिए। 

उनले प्रदेश १ मा लगाइएको कुल  धानखेतिमध्ये १५ प्रतिशत बालीमा क्षति पुगेको र ७ देखि ८ प्रतिशत पाकेको धान  पूर्णरुपमा नष्ट भएको आचार्यले बताए। आचार्यले धानवालीमा भएको क्षतिका आधारमा किसानलाई २५ प्रतिशत राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताए।  उनले भने‘धानवालीमा भएको क्षतिको मूल्याँकन गरेर कुल क्षतिको २५ प्रतिशत किसानलाई राहत दिइनेछ।’  यस्तै प्रदेश सरकारले मृतकका परिवारलाई १ लाख राहत दिने , घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था पनि गरेको छ। 

आचार्यका अनुसार  बाढी पहिरोले क्षतिग्रस्त घरहरूलाई क्षतिका आधारमा  घर बनाउन राहतको व्यवस्था गर्ने  सरकारले तयारी गरेको छ। पूर्ण क्षति भएका घर निर्माणका लागि ३ लाख, आंशिक क्षति भएका घर मर्मतका लागि ३५ हजार र सामान्य क्षति भएका घर मर्मतका लागि १५ हजार रुपैयाँ राहत दिने तयारी प्रदेश सरकारले गरेको छ। प्रदेश १ मा ४० वटा घरमा पूर्ण क्षति पुगेको छ भने १ हजार ८ सय २५ वटा घरमा आंशिक क्षेति पुगेको छ।  यस्तै क्षति भएका पशुपंछीको क्षतिको बिबरण आएपछि किसानलाई राहतको व्यवस्था गर्ने आचार्यले संसद बैठकमा जानकारी दिए।

प्रकाशित: ५ कार्तिक २०७८ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App