coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतबाट १४ वर्षीया बालिकाको उद्धार

६ महिनाअघि १४ वर्षीया बालिका माया के.सी (नाम परिवर्तित) भारतको देहरादुनमा अलपत्र अवस्थामा फेला परिन्। उनलाई भारतीय प्रहरीले देहरादुनको केदारपुरममा फेला पारेको थियो। आफ्नो नाम र गाउँ बाहेक केही पनि थाहा नभएको अवस्थामा उनी फेला परेकी थिइन्। प्रहरीको सोधपुछ पश्चात् ती बालिका नेपालकै चेली रहेको पत्ता लाग्यो।

बालिका नेपालकी भएकी कारण प्रहरीले मानव बेचबिखनसम्बन्धी संस्था आफन्त नेपालको भारतीय शाखालाई सम्पर्क गर्‍यो। शाखाले ती बालिकालाई उद्धार गरेको हो। शाखाका प्रमुख नविन जोशीले ती बालिकालाई उद्धार गरेको बताए। प्रमुख जोशीका अनुसार उद्धार गरिएका बालिका बाँकेको राप्ती सोनारी गाउँपालिकाकी हुन्।

उद्धार गरिएका बालिकाकी बाबाको मृत्यु पश्चात आमाले अर्को विवाह गरेका थिए। आमाको विवाहपछि आमासँगै भारत पुगेकी उनी भारतमा अलपत्र परेकी थिइन्। उद्धारपछि उनलाई हजुरबुवा र हजुरआमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७८ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App