१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किसानलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने

लुम्बिनी प्रदेश सरकारले वर्षाका कारण धान लगाएत कृषि उब्जनी नष्ट भएका किसानहरुलाई राहत उपलब्ध गराउने भएको छ। 

सरकारले क्षतिको लगत संकलनका लागि निर्देशन समेत दिइसकेको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले वर्षाका कारण धान बाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि संकलन गर्न निर्देशन दिएका हुन्। 

जिल्लाका कृषि ज्ञान केन्द्रहरु मार्फत कृषि शाखाहरुले क्षतिको लगत संकलन गर्ने र उक्त लगतका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराउने छ। ‘मुख्यमन्त्री ज्यूले वर्षाका कारण धान नष्ट भई मारमा परेका किसानहलाई राहत उपलब्ध गराउनका लागि पहल थाल्नु भएको छ,’ प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत चौधरीले भने ‘क्षतिको लगत संकलनका लागि उहाँँले निर्देशन दिईसक्नु भएको छ।’  

गत आइतबार देखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको हजारौँ हेक्टर जमिनमामा लगाइएको धान नष्ट भएको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App