१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भेरी अस्पतालमा एक जना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलाली, लम्की चुहा नगरपालिका वडा नम्बर १० का ५७ वर्षका पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

ति पुरुषको मंगलबार अपरान्ह ५ बजेतिर उपचारका क्रममा मृत्यु भएको उनले बताए। नेपालगन्ज मेडिकल कलेजमा सोमबार पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टी भएपछि सोही दिन भेरी अस्पतालमा उनी भर्ना भएका थिए।

यो सँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका ४ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै अहिलेसम्म बाँके जिल्लाका ३ सय ३६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २ कार्तिक २०७८ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App