अविरल वर्षापछि घर भत्किँदा डोटीमा दुईजनाको मृत्यु भएको छ। सोमबार राती जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौवा नगरदह डोटीले जनाएको छ।
२ जना मध्ये एक जनाको शव निकालिएको र अर्को शव निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। दुवै जनाको परिचय खुल्न सकेको छैन। प्रहरी कार्यालयबाट २ किलोमिटरको दूरीको रहेको उक्त स्थानमा उद्धारका लागि प्रहरी निरीक्षक किशन चन्दको कमाण्डको टोली खटिएको छ।
प्रकाशित: २ कार्तिक २०७८ १०:२४ मंगलबार